बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

महालक्ष्मी विकास बैंक संस्थाको वर्गीकरणमा 'ए' वर्गमा

images
शुक्रबार, फागुन ४ २०८०
images
महालक्ष्मी विकास बैंक संस्थाको वर्गीकरणमा 'ए' वर्गमा
images
images

काठमाडौं- महालक्ष्मी विकास बैंक नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जारी गरिएको सूचनाबमोजिम संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा परेको छ। 

images
images
images

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पूरा भएको, विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको हो।  

images
images

क्रेडिट रेटिङ्ग संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ्ग प्राप्त गरेको, नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण पेश गरेको तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र वार्षिक साधारण सभा सम्पन्न गरेको संस्थाहरु ‘ए’ वर्गमा पर्ने ब्यवस्था रहेको र सोही बमोजिम महालक्ष्मी विकास बैंक ‘ए’ वर्गमा पर्न सफल भएको छ। 

images
images

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन्। 

साथै बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्तावसमेत पारित भएको छ। 


प्रकाशित : शुक्रबार, फागुन ४ २०८०१३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend