सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

जीडब्लूएम नेपालको ओरा ०३ ईभीमा ‘इलेक्ट्रिफाइङ डिल’ : ५ लाखसम्मको लाभ

बिहीबार , फागुन ३ २०८०
जीडब्लूएम नेपालको ओरा ०३ ईभीमा ‘इलेक्ट्रिफाइङ डिल’ : ५ लाखसम्मको लाभ

नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ।

काठमाडौं- जीडब्लूएमको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले आफ्नो विद्युतीय कार ओरा ०३ का लागि नयाँ योजना ल्याएको छ। कम्पनीले ल्याएको ‘इलेक्ट्रिफाइङ डिल’ नामक योजनाअन्तर्गत ग्राहकले ओरा ०३ विद्युतीय क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन्। 

यो योजनाको अवधि माघ २८ देखि फागुन ३० सम्म लागु हुनेछ। यसमा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षसम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरिज प्राप्त गर्न सक्नेछन्।

ओरा ब्रान्डअन्तर्गत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जीडब्लूएमको विद्युतीयमा पर्छ। यसको रेट्रो- मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाइरहेको छ। 

नेपालमा पनि ओरा ०३ ले आफ्नो अद्वितीय स्टाइल, उत्कृष्ट सवारी गुणस्तर र राम्रो ड्राइभ दायराका कारण छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ।

ओरा ०३ लाई १ सय प्रतिशत इलेक्ट्रिक प्लेटफर्ममा डिजाइन गरिएको छ र सुरक्षा विशेषता भएकाले ओरा ०३ लार् एएनसीएपी र युरो एनसीएपी दुवैबाट फाइभ-स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ। दुवै सेफ्टी रेटिङमा फाइभ स्टार सेफ्टि रेटिङ पाउने केही विद्युतीय सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको छ।

जीडब्लूएम नेपालले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर पावर ब्याट्री (उच्च भोल्टेज ब्याट्री) (जुन पहिले आउँछ), ड्राइभ मोटर ओरा ०३ र ४ वर्ष वा १ लाख ५० हजार किलोमिटर सबै गाडीमा प्रदान गर्दैछ।


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend