सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

बिहीबार , फागुन ३ २०८०
सुनको मूल्य स्थिर, चाँदीको सामान्य बढ्यो

चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ भने सुनको मूल्य स्थिर छ।

काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य सामान्य बढेको छ। 

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँचसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ९ सय ५० रूपैयाँ कायम छ। सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य आज प्रतितोला १० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend