शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पर्यटन बोर्डले झुलाएपछि अन्तत: तथ्यांक कार्यालयले आफ्नै स्रोतबाट ‘पर्यटन सर्वेक्षण’ गर्ने

बिहीबार , फागुन ३ २०८०
पर्यटन बोर्डले झुलाएपछि अन्तत: तथ्यांक कार्यालयले आफ्नै स्रोतबाट ‘पर्यटन सर्वेक्षण’ गर्ने

कार्यालयले प्रत्येक पाँच वर्षमा सर्वेक्षण गर्ने योजना बनाएको छ। प्रत्येक क्षेत्रमा आवधिक सर्वेक्षणको रणनीति अनुसार नै कार्यालयले काम अघि बढाउने भएको छ।

काठमाडौं- पर्यटन तथ्यांक संकलनका लागि भन्दै पर्यटन बोर्डले दुई वर्षदेखि झुलाएपछि अन्तत: तथ्यांक कार्यालयले आफ्नै स्रोतबाट सर्वेक्षण अघि बढाउने भएको छ। 

नेसनल टुरिजम स्ट्याटिटिक्स तयार पार्नका लागि भन्दै तत्कालीन तथ्यांक विभागसँग पर्यटन बोर्डले सहकार्य गर्ने भनेको थियो। सुरुवातदेखि नै बोर्डले बजेट दिने र तथ्यांकको काम अहिलेको राष्ट्रिय तथ्यांक कार्यालयले गर्ने भनिएको थियो। 

बोर्डले बजेट दिने भन्दै झुलाएर दिन नसकेपछि अन्तत: तथ्यांक कार्यालयले आफ्नै स्रोतबाट ‘डोमेस्टिक टुरिजम सर्भे’ गर्ने भएको छ। कार्यालयले आफ्नो क्यालेन्डरमै राखेर सन् २०२४ भित्रै सर्वेक्षण सम्पन्न गर्ने योजना बनाएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयले पहिलोपटक नेपालमा यस्तो सर्वेक्षण गर्न लागेको हो। यसमा आन्तरिक पर्यटकको संख्या, भ्रमण खर्च, खपत, घुम्ने अवधि, भ्रमणको उद्देश्य र मुख्य उद्देश्यको तथ्यांक संकलन गर्ने छ। 

यो सर्वेक्षणबाट पर्यटनसँग जोडिएका मुख्य तथ्यांक संकलन हुनेछन्। आम्दानी, खर्च र आवश्यक पूर्वाधारको आँकडा आउनेछ। आवश्यक पूर्वाधार र रोजगारीको अवस्था पनि आँकडा आउनेछ। 

कार्यालयले प्रत्येक पाँच वर्षमा सर्वेक्षण गर्ने योजना बनाएको छ। प्रत्येक क्षेत्रमा आवधिक सर्वेक्षणको रणनीतिअनुसार नै कार्यालयले काम अघि बढाउने भएको छ। 

कार्यालयले अहिले अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रगत सर्वेक्षण, तथ्यांक संकलनको काम गर्दै आएको छ।


प्रकाशित : बिहीबार , फागुन ३ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend