सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वात्सल्यको ब्राण्ड एम्बास्डर प्रियंका, आयुष्मान र आयांका

मंगलबार, फागुन १ २०८०
वात्सल्यको ब्राण्ड एम्बास्डर प्रियंका, आयुष्मान र आयांका

वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

काठमाडौं- नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रवर्द्धन, विकास र प्रयोगमा टेवा पुर्‍याउँदै आएको वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड एम्बास्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनका सुपुत्री आयांकालाई संयुक्तरुपमा नियुक्त गरेको छ।

वात्सल्यको नारायणचौरस्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम प्रियंका, आयुष्मान र आयांकाले नि:सन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्।

वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बास्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गर्दै निःःसन्तान सम्बन्धि कुण्ठालाई उनीहरुमार्फत थप प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताएका छन्।

अभिनेत्री कार्की आफ्नो खुला सोच र धारणा का कारण धेरै महिलाहरुको लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएका कारण उनको प्राभाव नयाँ पुस्तामा गहिरो रहने तथ्य नकार्न नसकिने र हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वसित रहेको सुवेदीले जनाएका छन्।

यस्तै बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यस सम्बन्धि सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्‍याउनुभन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरु उत्साहित रहेको अभिनेत्री प्रियंकाले बताइन्।

यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आईभीएफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरुले थाहा पाएको कारण यस सम्बन्धि आफूले बुझेको तथ्य प्रभावकारी रुपमा सबैमा राख्दै जाने अभिनेता आयुष्मानले बताए।

वात्सल्यले आईभीएफका साथै आईयूआई, ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिंग, प्रसूतीपूर्वको सम्पूर्ण जाँचजस्ता प्रजननसम्बन्धी विभिन्न आधुनिक सेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : मंगलबार, फागुन १ २०८०११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend