सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

images
सोमबार, माघ २९ २०८०
images
बजेट अभावमा चार सिँचाइ योजना अलपत्र
फाइल तस्बिर

गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन्।

images
images

तनहुँ- बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन्। योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।

images
images
images

व्यास नगरपालिका-५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका-३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका-५ को अठारबिसे र व्यास-५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन्। गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए।

images
images

५८ लाख रूपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए। बजेटका कारण निर्माणधीन योजनाको कार्य अघि बढाउन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको छ।

images
images

'भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ', उनले भने, 'अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्‍याइ स्थानीयको जीवनस्तरमाथि उकास्ने लक्ष्य रहेको छ।'

विशेषगरी मुख्य योजनाका रुपमा दुई योजना रहेका छन्। व्यास-१० को नारेश्वर ताल जलाशय योजनाका लागि एक करोड ९४ लाख रूपैयाँमा ठेक्का लागेको छ। त्यसैगरी शुक्लागण्डकी नगरपालिका-९ मा बस्ती संरक्षणका लागि एक करोड ८९ लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।

गण्डकी प्रदेश सरकार र संघीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन्। स्रोत सुनिश्चितता भइ ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने गरेको सूचना अधिकारी चापागाईँले जानकारी दिए।


प्रकाशित : सोमबार, माघ २९ २०८०१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend