सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

६ महिनामा १० लाख ५२ हजार सवारीसाधन कारबाहीमा, ७९ करोड ७१ लाख राजस्व संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २८ २०८०
images
६ महिनामा १० लाख ५२ हजार सवारीसाधन कारबाहीमा, ७९ करोड ७१ लाख राजस्व संकलन
फाइल तस्बिर

राजश्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्यांकमा उल्लेख छ।

images
images

काठमाडौं- ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ वटा विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ। गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८ सय ५२ रुपैयाँ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। 

images
images
images

राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९ सय ४३, मधेशबाट १० करोड ५ लाख ५८ हजार ९ सय १, बागमतीबाट ७ करोड ८८ लाख ४० हजार, गण्डकीबाट ८ करोड १८ लाख ७६ हजार ६, लुम्बिनीबाट ९ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार रुपैयाँ सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

images
images

ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार चार सय, बस/मिनिबसबाट नौ करोड २० लाख पाँच, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख २१ हजार छ सय राजश्व सङकलन भएको हो। 

images
images

राजश्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्यांकमा उल्लेख छ।

मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले जानकारी दिए।

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर एक लाख ७० हजार ८४२ वटा, बस/मिनिबस एक लाख नौ हजार ३७७, कार/जिप/भ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन्।

कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङकले देखाएको छ। रासस


प्रकाशित : आइतबार, माघ २८ २०८०१३:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend