सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

परासीमा उठेन खानेपानी महसुलबापतको ४० लाख रुपैयाँ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २८ २०८०
images
परासीमा उठेन खानेपानी महसुलबापतको ४० लाख रुपैयाँ

तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन।

images
images

नवलपरासी- पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब ४० लाख रुपैयाँ उठ्न सकेको छैन। परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा  नतिर्दा सो रकम उठ्न नसकेको हो। 

images
images
images

समितिले  खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिनेसमय सीमा निर्धारण गरेको थियो। सो समयभित्र तीन लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ।

images
images

४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली सार्वजनिक गर्ने चेतावनी दिएको थियो। तर १५ दिनको अवधिमा तीन लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताए।  अझै ४० लाख महसुलबापतको रकम उठन् बाँकी छ।

images
images

यसबीचमा समितिले वडा नं १ र २ मा तीनजना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ। स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेकोे समितिले जनाएको छ।

तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन।
 
समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौवटा धारा यसअघि नै काटेको थियो। समितिले रामग्राम वडा नं १ र ६ मा रहेका दुईवटा खानेपानी ट्याङ्कीमार्फत एक हजार सात सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ।

पोखरापालीमा रहेको ट्याङ्कीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ। तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, माघ २८ २०८०१०:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend