सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टोयोटा यारिस क्रस हाइब्रिड नेपाली बजारमा

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ २७ २०८०
टोयोटा यारिस क्रस हाइब्रिड नेपाली बजारमा

यसको डिस्प्लेसमेन्ट १५ सय सीसी, चार सिलिण्डर ड्यूल भीभीटी-आई इन्जिन रहेको छ र ग्राउन्ड क्लियारेन्स भने २ सय १० एमएम रहेको छ।

काठमाडौं- नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ कार सार्वजनिक गरेको छ। शुक्रबार युनाइटेड ट्रेडर्स हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड नेपालमा सार्वजनिक गरेको हो।

टोयोटाले नयाँ यारिस क्रसमा अटोमेटिक हाइबिमसहितको हेडलाइट, एलईडी डीआरएल, एलईडी फग लाइट र कनेक्टेड एलईडी टेललाइट दिइएको छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट पनि उपलब्ध गराएको छ।

यो नयाँ यारिस क्रसको लम्बाई ४३ सय १० एमएम, चौडाई १७ सय ७० एमएम र उचाई १६ सय १५ एमएम छ। यसमा २६ सय २० एमएम लामो ह्वीलवेस र १८ इन्चको टायर छ।

हाइब्रिड पावरट्रेन भएकोले यसमा विद्युतीय मोटर र ४.३ एम्पियर आवरको ब्याट्री प्याक उपलब्ध छ।रिजेनेरेटिभ ब्रेकिङ सिस्टम रहेको गाडीमा ई-सीभीटी गियरबक्स पनि रहेको कम्पनीले जनाएको छ। 

यसको डिस्प्लेसमेन्ट १५ सय सीसी, चार सिलिण्डर ड्यूल भीभीटी-आई इन्जिन रहेको छ र ग्राउन्ड क्लियारेन्स भने २ सय १० एमएम रहेको छ।

यसको ब्याट्री  प्रकार लिथियम-आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेसन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३ सय ६० डिग्री क्यामेराका साथै इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्डलगायत विशेषता यारिस क्रसमा छ।

यो  मोडलमा ८ वे पावर इलेक्ट्रिक ड्राइभर सिट, वायरलेस मोवाइल चार्जर, एपल कारप्ले, अन्द्रोइड अटो र  किक सेन्सर सहितको पावर टेलगेट पाउने छ।

सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलिटी कन्ट्रोल, एन्टी-लक ब्रेकिङ सिस्टम, इमर्जेन्सी स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुबै साइडमा पार्किङ सेन्सरजस्ता आधुनिक विशेषता रहेको छ।

युनाइटेड ट्रेडर्सले यारिस क्रस हाइब्रिडको नेपाली बजारमा मूल्य १ करोड २२ लाख रुपैयाँ तोकेको छ। 


प्रकाशित : शनिबार, माघ २७ २०८०१३:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend