शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दोस्रो त्रैमासमा प्रधानमन्त्रीको रिपोर्ट कार्ड- २८ भाषण, ६९ शुभकामना र ११३ भ्रमण स्वीकृत

शनिबार, माघ २७ २०८०
दोस्रो त्रैमासमा प्रधानमन्त्रीको रिपोर्ट कार्ड- २८ भाषण, ६९ शुभकामना र ११३ भ्रमण स्वीकृत

यो बीचमा प्रधानमन्त्रीले ३५० जनालाई भेटघाट गरेको विवरणमा उल्लेख छ।

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले २८ वटा सार्वजनिक कार्यक्रममा भाषण गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्रीले कात्तिकदेखि पुससम्म २८ भाषणका साथै ६९ वटा शुभकामना सन्देश पनि दिएका छन्।

प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा अतिथि बनेर गर्ने सम्बोधनका साथै विभिन्न संघसंस्थालाई  शुभकामनाका लागि धेरै आवेदन आउने र त्यसमध्येबाट यति सम्भव भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। 

यो तीन महिनाको अवधिमा १५ वटा मन्त्रिपरिषदका बैठक सम्पन्न भएका थिए। १५ बैठकबाट ३१५ निर्णय भएका थिए। यी निर्णयमध्ये ११३ वटा भ्रमण स्वीकृति रहेका छन्। 

राजनीतिक नेतृत्व(मन्त्रीहरू)को वैदेशिक भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्छ। यस्ता भ्रमणका लागि तीन महिनामा कूल निर्णयको एक तिहाइ रहेका छन्। 

यो बीचमा प्रधानमन्त्रीले ३५० जनालाई भेटघाट गरेको विवरणमा उल्लेख छ। 

सरकारका काम कारबाही तथा नीति तथा कार्यक्रमको कार्यान्वयनलाई प्रभाकारी बनाउनका लागि प्रधानमन्त्रीले गरेका छलफल तथा बैठकको विवरणलाई पनि उल्लेख गरिएको छ। मन्त्रिपरिषदका विषयगत समिति, नियुक्ति, सरुवा बढुवाको विवरण पनि समावेश गरिएको छ। 

प्रधानमन्त्रीले संयोजन र व्यवस्थापनका लागि गरिएका प्रायसका बारेमा प्रतिवेदनमा उल्लेख गरिएको छ। 

त्यस्तै योबीचमा भएका १८६ वटा निर्णयको कार्यान्वयनका बारेमा अनलाइन प्रणालीबाट अनुगमन भएको प्रतिवेदनमा उल्लेख छ। 


प्रकाशित : शनिबार, माघ २७ २०८०१०:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend