सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

बिहीबार , माघ २५ २०८०
कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा बुथ निर्माण गरी हस्तान्तरण गरेको हो।

काठमाडौं- कामना सेवा विकास बैंकले काठमाडौंको रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा बुथ निर्माण गरी हस्तान्तरण गरेको हो।

उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेन्डरको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनको लागि महानगरपालिकाअन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेण्डर सर्भिस बुथ निर्माण गरिएको बैंकले जनाएको छ।

उक्त बुथको उद्घाटन ३ नम्बर वडा सदस्य सिता थापाले गरेकी थिइन्। कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरुलाई व्यवस्थित बनाउनको लागि बैंकले गरेको सहयोगलाई धन्यवाद दिइन्।

उक्त बुथ रानीबारीस्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो। 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको र आगामी दिन पनि रोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ।

 


प्रकाशित : बिहीबार , माघ २५ २०८०१६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend