सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

बिहीबार , माघ २५ २०८०
एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

यो अफरमा ग्राहकले ७ दिन समयसीमा रहेको करसहित १५० रूपैयाँमा ५ जीबी डेटा वा दुईसय रूपैयाँमा ८ जीबी डेटा लिन सक्छन्। त्यसैगरी ८ सय ८८ रूपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन्।

काठमाडौं- एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न सक्छन्। ग्राहकहरुले एकदमै मन पराएको यो डबल मजा अफर एनसेलले तीन प्याकहरुका साथ पुनः सञ्चालनमा ल्याएको हो। 

यो अफरमा ग्राहकले ७ दिन समयसीमा रहेको करसहित १५० रूपैयाँमा ५ जीबी डेटा वा दुईसय रूपैयाँमा ८ जीबी डेटा लिन सक्छन्। त्यसैगरी ८ सय ८८ रूपैयाँमा २८ दिन समयावधि रहेको ८८ जीबी डेटा खरिद गर्न सक्छन्।

यो प्याकको सबैभन्दा ठूलो विशेषता भनेको प्याकको समयसीमा नसकिँदै गरिने हरेक खरिदमा ग्राहकले उही मूल्यमा डबल डेटा बोनसस्वरुप प्राप्त गर्दछन्। उदाहरणका लागि, यदि कुनै ग्राहकले ८ जीबी प्याकको प्याक खरिद गरको ७ दिनभित्र फेरि सोही प्याक खरिद गरेमा ग्राहकले १६ जीबी डेटा बोनसका रुपमा प्राप्त गर्न सक्नेछन्।

डबल मजा प्याक खरिद गर्न ग्राहकले *१७१२३# डायल गर्न सक्छन्। साथै हालैमात्र अद्यावधिक गरिएको एनसेल एप वा एनसेलका अन्य कुनै पनि आधिकारिक च्यानलमार्फत यो प्याक किन्न सकिन्छ।

थप परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याइएको यो अफरमा बोनसको रूपमा दोब्बर डेटा प्रदान गरिने भएकोले ग्राहकहरुलाई अनलाइन बस्न र डिजिटल रूपमा सम्पर्कमा रहि रहन ठूलो सहयोग पुग्ने विश्वास रहेको एनसेलले जनाएको छ।

प्याकको भ्यालिडिटी रहेसम्म ग्राहकले आफ्नो आवश्यकता बमोजिम जति पटक पनि यो प्याक खरिद गरी सञ्चित हुने डेटा भोल्युममार्फत इन्टरनेटमा पहुँचको फाइदा लिन लिन सक्छन्।

७ दिन भ्यालिडिटी भएका १५० र दुईसय रूपैयाँका डबल मजा प्याकमा पाइने बोनसको सञ्चित डेटा अधिकतम २८ दिनसम्म चलाउन सकिन्छ। त्यसैगरी ८ सय ८८ रूपैयाँको प्याकमा पाइने सञ्चित बोनस डेटा ६० दिनसम्म चलाउन सकिन्छ।

यसैबीच एनसेलले करसहित २ सय २० रूपैयाँमा ७ दिन समयसीमा भएको कम्बो प्याक पनि ल्याएको छ। यो प्याकमा ग्राहकले ४ जीबी डेटा, १०० मिनेट अल नेट टक टाइम र विभिन्न डिजिटल सेवाहरू प्राप्त गर्दछन्। 


प्रकाशित : बिहीबार , माघ २५ २०८०११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend