सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार, माघ २४ २०८०
तोलामा ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर छ।

काठमाडौं- यो साता लगातार घटेको सुनको मूल्य बुधबार भने बढेको छ। तीन दिनमा १५ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार प्रतितोला ६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य भने आज स्थिर छ। मंगलबार १३ सय ७५ रूपैयाँ कायम भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, माघ २४ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend