शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

बुधबार, माघ २४ २०८०
मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

झन्डै एक करोड २० लाखको लागतमा निर्माण कम्पनीले धावन मार्ग स्तरोन्नतिको काम गरिरहेको छ । यहाँ पछिल्लो समय नेपाली सेनाले प्याराजम्प गर्दै तालिम लिने गरेको छ । मेघौलीमा रहेका होटलले कहिलेकाहीँ जहाज र हेलिकप्टर चार्टर गरेर ल्याउने गरेका छन् ।

काठमाडौं- पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ। घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न लागिएको हो।

मेघौली विमानस्थल आयोजना प्रमुख चन्द्रमणि सापकोटाका अनुसार विमानस्थलमा नाली र स्ल्याब कल्भर्ट निर्माण गरिएको छ। 

एक हजार एक सय मिटरको घाँसेमैदान रहेको विमानस्थलमा नयाँ धावन मार्ग सात सय मिटर लम्बाइ र २० मिटर चौडाइको हुनेछ। पहिलो चरणमा उच्च स्तरको ग्राभेल गरिएको जनाउँदै उनले भविष्यमा थप स्तरोन्नति र विस्तार गर्न सकिने बताए.। 

झन्डै एक करोड २० लाखको लागतमा निर्माण कम्पनीले धावन मार्ग स्तरोन्नतिको काम गरिरहेको छ। यहाँ पछिल्लो समय नेपाली सेनाले प्याराजम्प गर्दै तालिम लिने गरेको छ। मेघौलीमा रहेका होटलले कहिलेकाहीँ जहाज र हेलिकप्टर चार्टर गरेर ल्याउने गरेका छन् ।

यसअघि डिजिटल प्रविधिको प्रयोग गरी ‘टोपोग्राफी सर्भे’ मार्फत विमानस्थलको गुरुयोजना समेत निर्माण गरिएको छ। स्तरोन्नति नहुँदा घाँसेमैदान मात्रै रहेको विमानस्थल गौचरनजस्तै बनेको थियो। सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि विसं २०६७ को मङ्सिरदेखि विमानस्थल बन्द भएको हो। 

त्यसपश्चात् एकपटक नेपाल एयरलाइन्सको विमान अवतरण गराइएको थियो। भरतपुरबाट मेघौली २४ किलोमिटर दक्षिणतर्फ पर्छ। यस विमानस्थल भने कूल २३ बिघा क्षेत्रमा फैलिएको छ। रासस


प्रकाशित : बुधबार, माघ २४ २०८०१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend