सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम शुक्रबारदेखि

मंगलबार, माघ २३ २०८०
टाटा मोटर्सको भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम शुक्रबारदेखि

नेपालभर आयोजना हुने भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रममा ईभी र आइस रेञ्जका गाडी खरिद गरी विभिन्न किसिमका अफरहरु प्राप्त गर्न सकिनेछ।

काठमाडौं- नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स भ्यालेन्टाइन एक्सचेञ्ज कार्यक्रम 'एक्सचेञ्ज विद लव' को आयोजना गर्न लागेको छ।

माघ २७ गते शुक्रबारदेखि ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरु साट्न सकिनेछ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरु प्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको सिप्रदीले जनाएको छ।

उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, राधेराधे भक्तपुर, वेष्टर्न मोटर्स् महाराजगञ्ज र जेबी मोटर्स् बालकुमारी र उपत्यका बाहिर रुद्रप्रिया इन्टरनेशनल, नेपलगञ्जलगायत नेपालभर रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो।

यस एक्सचेञ्ज विद लव कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन्।

यस कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन पनि कम्पनीले अनुरोध गरेको छ।


प्रकाशित : मंगलबार, माघ २३ २०८०१८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend