शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

संघीय संसद्‌को महासचिवमा पद्म पाण्डेय

मंगलबार, माघ २३ २०८०
संघीय संसद्‌को महासचिवमा पद्म पाण्डेय

काठमाडौं- संघीय संसद्‌को महासचिवमा पद्म प्रसाद पाण्डेय नियुक्त भएका छन्। 

प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई आजदेखि लागु हुनेगरी संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन्।

पाल्पाका पाण्डेय यसअघि संघीय संसद कार्यालयको सचिव थिए। महासचिव डा भरतराज गौतमले दिएको राजीनामा आजै स्वीकृत गरी राष्ट्रपति पौडेलले उक्त पदमा पाण्डेयलाई नियुक्त गरेका हुन्।


प्रकाशित : मंगलबार, माघ २३ २०८०१८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend