शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सातामा २८ उडान गर्न पाउनेगरी स्वीजरल्याण्डसँग हवाई सम्झौता, ५० प्रतिशत उडान काठमाडौंबाहिरको विमानस्थलबाट हुनुपर्ने

मंगलबार, माघ २३ २०८०
सातामा २८ उडान गर्न पाउनेगरी स्वीजरल्याण्डसँग हवाई सम्झौता, ५० प्रतिशत उडान काठमाडौंबाहिरको विमानस्थलबाट हुनुपर्ने

दुवै देशका एयरलाइन्सले सातामा २८ वटा उडान गर्न पाउने गरी दुईपक्षीय हवाई सम्झौता भएको हो।

काठमाडौं- लामो समयदेखि रोकिएको स्वीजरल्याण्डसँगको हवाई सम्झौता सम्पन्न भएको छ।

नेपाल र स्वीजरल्याण्डसँग हवाई सम्झौता सम्पन्न भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग व्यवस्थापन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले बताए।

उनका अनुसार दुवै देशका एयरलाइन्सले सातामा २८ वटा उडान गर्न पाउने गरी दुईपक्षीय हवाई सम्झौता भएको हो।

जसमा ५० प्रतिशत उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र ५० प्रतिशत उडान काठमाडौं बाहिरको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने गरी हवाई सम्झौता भएको हो।

साथै कोड सेयरमार्फत समेत उडान गर्न पाउने गरी सम्झौता भएको छ।

योसँगै नेपालले ४२ देशसँग हवाई सम्झौता गरेको मन्त्रालयले जनाएको छ। थप देशसँग पनि हवाई सम्झौता हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित : मंगलबार, माघ २३ २०८०१८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend