बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

२४ करोड दाबीसहित पाँच जनाविरुद्ध करछलीको मुद्दा दायर 

images
सोमबार, मंसिर २० २०७८
images
२४ करोड दाबीसहित पाँच जनाविरुद्ध करछलीको मुद्दा दायर 

नक्कली भ्याट बिल  प्रयोग गरेर कर छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ। 

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले ५ जना विरुद्ध २४ करोड ४१ लाख २२ हजार रुपैयाँ सजाया दाबी गर्दै कर छलीको मुद्दा दायर गरेको छ। 

images
images
images

नक्कली भ्याट बिल  प्रयोग गरेर कर छली गरेको आरोपमा आज उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ। 

images
images

यादब बिजनेश ट्रेड लिङ्क का प्रोपराइटर सोनालालप्रसाद यादबसहित पाँच जना विरुद्ध विभागले मुद्दा दायर गरेको हो। 

images
images

यादब बिजनेश ट्रेड लिङ्कले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली भ्याट विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो। 

विभागले जयकिशोर साह, परमेश्वर साह, मुकेशकुमार झा, सानुकुमार श्रेष्ठ र सोनालालप्रसाद यादब विरुद्ध १२ करोड २० लाख ६१ हजार विगो र त्यति नै जरिबानाको माग गर्दै मुद्दा दायर गरेको हो। 


प्रकाशित : सोमबार, मंसिर २० २०७८११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend