सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एभरेष्ट बैंकका ग्राहकलाई धनगढी नेत्रालयमा १० प्रतिशतसम्म छुट

मंगलबार, माघ २३ २०८०
एभरेष्ट बैंकका ग्राहकलाई धनगढी नेत्रालयमा १० प्रतिशतसम्म छुट

बैंकका ग्राहकहरुले उक्त अस्पतालबाट ओपीडी तथा आईपीडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस्तै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

काठमाडौं- एभरेष्ट बैंकका ग्राहकले कैलालीको धनगढीमा रहेको धनगढी नेत्रालयमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई त्यहाँका विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो।

बैंकका वरिष्ठ प्रबन्धक सतिश प्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्वारा हस्ताक्षरित उक्त सम्झौता लागु भएसँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले उक्त अस्पतालबाट ओपीडी तथा आईपीडी र चश्मा तथा फ्रेममा १० प्रतिशतसम्म छुट पाउनेछन्।

यस्तै फार्मेसी तथा सर्जरीमा सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन्।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्र बहादुर चन्दको उपस्थितिमा हस्ताक्षरित उक्त समारोहमा बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वल कुमार पोखरेलको समेत उपस्थिति रहेको थियो।

यस बैंकमा हालसम्म १४ लाखभन्दा बढी ग्राहकहरु रहेका छन्। देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६४ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 


प्रकाशित : मंगलबार, माघ २३ २०८०१५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend