आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

आन्तरिक अर्थतन्त्र संकुचित हुँदा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्बले बचतमा, सञ्चितिले १२.१ महिनाको आयात धान्ने

images
मंगलबार, माघ २३ २०८०
images
आन्तरिक अर्थतन्त्र संकुचित हुँदा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्बले बचतमा, सञ्चितिले १२.१ महिनाको आयात धान्ने

बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्र संकुचित हुँदा कर्जा प्रवाह बढ्न सकेको छैन। कर्जाको माग नहुँदा आर्थिक गतिविधि संकुचित भएकाले चालुखाता र शोधनान्तर स्थिति बचत बढेको हो।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित भएर मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। उक्त प्रतिवेदनले नेपालको विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थिति सुविधाजनक अवस्थामा रहेको देखाएको छ।

images
images
images

प्रतिवेदनले मुद्रास्फीति क्रमश: घट्दै गएको देखाएको छ भने रेमिट्यान्स आप्रवाह बढ्दै गएको तथ्य अगाडि सारेको छ। वैदेशिक व्यापारमा आएको संकुचन र रेमिट्यान्स आप्रवाहमा भएको उच्च वृद्धिले पछिल्लो समय नेपालको बाह्य क्षेत्र बलियो देखिएको छ।

images
images

बाह्य क्षेत्रमा सुधार भए पनि आन्तरिक अर्थतन्त्र संकुचित हुँदा कर्जा प्रवाह बढ्न सकेको छैन। कर्जाको माग नहुँदा आर्थिक गतिविधि संकुचित भएकाले चालुखाता र शोधानान्तर स्थिति बचत बढेको हो।  

images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्मम विदेशी मुद्रा सञ्चिति १३ अर्ब ६९ करोड डलर रहेको छ। समीक्षा अवधिमा चालुखाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको देखाएको छ। यस्तो सञ्चितिले १२.१ महिनाको वस्तु तथा सेवा र १४.५ महिनाको वस्तु आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालुखाता २७ करोड ९६ लाखले चालुखाता घाटामा रहेको थियो। 

समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ। गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोड रुपैयाँले बचतमा रहेको थियो। यस अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले बढेर ७ खर्ब २२ अर्ब रुपैयाँ भित्रिएको तथ्यांक प्रस्तुत गरेको छ। 

चालु आर्थिक वर्षको पुस मसान्तमा मंसिरको तुलनामा मुद्रास्फीति दर भने बढेको छ। मंसिरमा उपभोक्तामा आधारित मुद्रास्फीति दर ४.९५ प्रतिशत रहेकोमा पुस मसान्तमा बढेर ५.२६ प्रतिशत कायम भएको छ। 

सरकारले बजेट मार्फत चालु आर्थिक वर्ष मुद्रास्फीति ६.५ प्रतिशतमा सिमित गर्ने लक्ष्य राखेको छ।


प्रकाशित : मंगलबार, माघ २३ २०८०१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend