शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

दुईवटा न्यारोबडी जहाज भाडामा लिँदै नेपाल एयरलाइन्स

मंगलबार, माघ २३ २०८०
दुईवटा न्यारोबडी जहाज भाडामा लिँदै नेपाल एयरलाइन्स

अहिले भएका जहाजको मर्मतसम्भारको तालिका मिलाउन नसक्दा उडान भद्रगोल भएको छ भने अर्कोतिर अर्बौँ रुपैयाँको आम्दानी गुमाएको छ।

काठमाडौं- सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा जहाज भाडामा लिने भएको छ।

नेपाल एयरलाइन्सले दुईवटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज टेन्डर आह्वान गरेको छ।

जहाज निर्माता, लिज कम्पनी तथा एयरलाइन्सले जहाज भाडामा दिनका लागि यो टेन्डरमा प्रस्ताव हाल्नसक्ने छन्।

हाल दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज भएको नेपाल एयरलाइन्सले थप दुईवटा जहाज भाडामा लिएर उडान गर्ने योजना बनाएको छ।

अहिले भएका जहाजको मर्मतसम्भारको तालिका मिलाउन नसक्दा उडान भद्रगोल भएको छ भने अर्कोतिर अर्बौँ रुपैयाँको आम्दानी गुमाएको छ।

प्रकाशित : मंगलबार, माघ २३ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend