सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तीन दिनमा १५ सय रूपैयाँले घट्यो सुनको मूल्य

मंगलबार, माघ २३ २०८०
तीन दिनमा १५ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार तोलामा ६ सय र सोमबार चारसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला पाँचसय रूपैयाँले घटेको हो।

काठमाडौं- यो साता सुनचाँदीको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। आइतबार तोलामा ६ सय र सोमबार चारसय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार प्रतितोला पाँचसय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चारसय ५० रूपैयाँ कायम छ। 

चाँदी आज तोलामा १५ रूपैयाँले घटेर प्रतितोला एक हजार १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ९० तोकिएको थियो भने आइतबार १३ सय ९५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, माघ २३ २०८०११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend