बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

१८ लाख ७७ हजार भ्रष्टाचारको आरोपमा मुद्दा दायर

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर २० २०७८
images
१८ लाख ७७ हजार भ्रष्टाचारको आरोपमा मुद्दा दायर

पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो। 

images
images

काठमाडौं-  भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ताविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 
आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाइँ, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको हो। 

images
images
images

सोही उपभोक्ता समितिका सदस्य रणबहादुर बडुवाल विरुद्ध ५ लाख ५० हजार रुपैयाँ र अर्का सदस्य भरतबहादुर शाहीविरुद्ध १ लाख ५० हजार रुपैयाँ, सो वन समूहका उपभोक्ता प्रेमबहादुर सिजापतिविरुद्ध पनि ८ लाख ८७ हजार रुपैयाँ बराबरको बिगो भराउन माग गरिएको छ। 

images
images

यसैगरी उपभोक्ता हस्तनादेवी शाही विरुद्ध एक लाख १५ हजार रुपैयाँ र अशोक सिंहविरुद्ध २५ हजार रुपैयाँ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। 

images
images

सेवाग्राहीसँग आठ हजार घुस लिएको अभियोगमा वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौँमा कार्यरत नायब सुब्बा दुर्गाप्रसाद पोखरेलविरुद्ध पनि आयोगले आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ। कार्यालय परिसरमा रहेको फोटोकपी सञ्चालकसँगको मिलेमतोमा नायब सुब्बा पोखरेलले घुस लिएको आरोप लागेको छ। रासस


प्रकाशित : सोमबार, मंसिर २० २०७८१०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend