बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

विमानस्थल भन्सारमा एक सातामा ७२.७ किलो सुन समातियो, ७ करोड राजस्व संकलन

images
सोमबार, मंसिर २० २०७८
images
विमानस्थल भन्सारमा एक सातामा ७२.७ किलो सुन समातियो, ७ करोड राजस्व संकलन

मंसिर १३ गतेबाट १९ गतेसम्म एक सातामै ७२.७ किलो सुन नियन्णत्रमा लिइएको हो।

images
images

काठमाडौं- सरकारले पछिल्लो समय सुन तस्करी बढेको भन्दै सुन भित्रिने बाटोमा कडाइका साथ अनुगमन थालको छ। विशेषत: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने व्यक्तिले ल्याउने सुनमा कडा निगरीनीका साथ अनुगमन भइरहेको छ।

images
images
images

भन्सार विभाग अन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मंसिर १३ गतेबाट विशेष निगरानी सुरु गरेको थियो। अर्थ मन्त्रालय र भन्सार विभागबाट थप जनशक्ति लिएर कार्यालयले निगरानी सुरु गरेको थियो।

images
images

सोही क्रममा मंसिर १३ गतेबाट १९ गतेसम्म एक सातामै कार्यालयले ७२.७ किलो सुन नियन्त्रणमा लिएको हो। विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशप्रसाद भट्टराई अनुसार ७ दिनमा १ हजार ५ सय ३० जना यात्रुले ल्याएको ७२.७ किलो सुन नियन्त्रणमा लिइएको हो।

images
images

उनका अनुसार यसरी नियन्त्रणमा लिएको मध्ये ५६.३ किलो सुन ल्याउने १ हजार ३ सय ४१ जना यात्रुले भन्सार दस्तुर तिरेर सुन लगिसकेका छन्।

बाँकी सनु भन्सारको नियन्त्रणमै रहेका छ। कार्यालयका अनुसार ५ करोड ४२ लाख ९ हजार ९ सय ४२ रुपैयाँ राजस्व संकलन भएको छ। यसैगरी १ करोड ५८ लाख रुपैयाँ बराबरको सुन भने निणन्त्रणमै रहेको छ।

कस्तो सुन कति ल्याउन पाइन्छ?

कानूनले सुन ल्याउँदा दुईवटा व्यवस्था गरेको छ। पहिलो व्यवस्था हो- सुनको गहना ५० ग्राम, चाँदीको गहना ५ सय ग्राम र १ लाख रुपैयाँसम्मको जवारित जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया ल्याउँदा भन्सार नलाग्ने व्यवस्था गरेको छ।

तर गहना पनि २ सय ५० ग्रामभन्दा बढीको ल्याउन पाइँदैन। ५१ ग्रामदेखि १ सय ५० ग्रामसम्म प्रतिग्राम १ हजार ५० रुपैयाँ र थप १५१ देखि २ सय ५० ग्रामसम्मको प्रति ग्राम १ हजार २ सय रुपैयाँ भन्सार लाग्छ।

यसैगरी विदेशबाट आउँँदा १ सय ग्रामसम्म काँचो सुन ल्याउन पाइन्छ। तर भन्सार भने तिर्नुपर्ने हुन्छ। ५० ग्रामसम्मको काँचो सुन ल्याउँदा प्रतिदश ग्राम ९ हजार ५ सय रुपैयाँका दरले तिर्नुपर्ने हुन्छ। त्यसमा थप ५ सय ६५ रुपैयाँ लाग्ने छ। यसरी ५० ग्रामसम्म काँचो सुन ल्याउँदा ४८ हजार ६५ रुपैयाँ लाग्छ।

यसैगरी कसैले १ सय ग्राम काँचो सुन ल्याएको छ भने ५१ ग्रामदेखि १ सय ग्रामसम्मको हकमा थप प्रतिदश ग्राम १० हजार ५ सय रुपैयाँका दरले ५२ हजार ५ सय रुपैयाँ गरी कुल १ लाख ५ सय ६५ रुपैयाँ तिर्नु पर्ने हुन्छ। तर १ सय ग्रामभन्दा बढी काँचो सुन ल्याए जफत हुने व्यवस्था छ।

अहिले कसरी सुनमा अनुगमन भइरहेको छ?

भन्सार कार्यालयले अहिले विदेशबाट आउनेले आफ्नो साथमा ल्याएको सुनको गहना तथा काँचो सुनमा कानूनले तोकेअनुसार भन्सार लगाउने तथा छुट दिइरहेको भट्टराई बताउँछन्।

औँठी, बाला तथा रिङलाई पनि काँचो सुन भनेर भन्सार तिराउनु भएको भन्दै विदेशबाट नेपाल फर्कनेहरुले सामाजिक सञ्जालमा विरोध गरिरहेका छन् नि भनेर बिजनेश न्युजले भट्टराईलाई प्रश्न गरेका थियो। उक्त प्रश्नमा उनले कानूनले तोकेको अधिकार क्षेत्रभित्र असल नियतले ल्याइएको सुनको गहना तथा काँचो सुनमा कुनै समस्या खडा नभएको दाबी गरेका छन्।


प्रकाशित : सोमबार, मंसिर २० २०७८०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend