शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

अलपत्र पारिएका आयोजनाको काम अगाडि बढाउन देशैभर रास्वपाको दबाब अभियान

आइतबार, माघ २१ २०८०
अलपत्र पारिएका आयोजनाको काम अगाडि बढाउन देशैभर रास्वपाको दबाब अभियान

ठूला पार्टीका नेताहरु राजनीतिक भाषणमा मात्रै रुमलिरहेका बेला स्वतन्त्र पार्टीले पछिल्लो समय आयोजना निर्माणमा भइरहेको ढिलाइमा खबरदारी जारी राखेको छ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु गरेको छ। ठूला पार्टीका नेताहरु राजनीतिक भाषणमा मात्रै रुमलिरहेका बेला स्वतन्त्र पार्टीले पछिल्लो समय आयोजना निर्माणमा भइरहेको ढिलाइमा खबरदारी जारी राखेको छ। 

केही साताअगाडि मात्रै सभापति रवि लामिछानेले नारायणगढ-बुटवल सडकखण्डमा पनि दबाब दिनका लागि पैदलयात्रा गरेका थिए।

आज आइतबारबाट पनि देशैभरका आयोजनाम निर्माणमा केन्द्रदेखि स्थानीय तहसम्ममा दबाबका लागि ‘राष्ट्रव्यापी दबाब अभियान’ सुरु गरेको हो। चैत २१ गतेसम्म चल्ने पहिलो चरणको अभियानको सभापति लामिछाने मेलम्ची बाट सुरु गरेका छन्।

सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गरेका छन्। रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गरेको हो। सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन्।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन्। सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन्।

अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भएकाको भन्दै रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ।


प्रकाशित : आइतबार, माघ २१ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend