बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि भेटियो 

images
सोमबार, मंसिर २० २०७८
images
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि भेटियो 

एक जना विदेशी नागरिक र अर्का एक नेपालीमा संक्रमण पुष्टि भएको हो। 

images
images

काठमाडौं- कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

images
images
images

मन्त्रालयका अनुसार एक जना ६६ वर्षीय विदेशी नागरिक र अर्का एक ७१ वर्षीय नेपालीमा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहर"सँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा अरूमा भने सङ्क्रमण देखिएको छैन । 

images
images

पहिलोपटक २४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा पुष्टि भएको ओमिक्रोन भेरियन्ट अहिले विश्वभर फैलिरहेको छ। ओमिक्रोनको जोखिम बढेको भन्दै सरकारले गएको हप्ता नै विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक लगाइसकेको छ। 

images
images

सरकारले हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो। 

दक्षिण अफ्रिका, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, इटाली, स्पेन, बेल्जियम, स्वीडेन, पोर्चुगल, जर्मनी, हङकङ, नेदरल्याण्ड, बेलायत, जापानलगायत विभिन्न ३५ देशहरूमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ। सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले अत्यावश्यक सावधानी अपनाएको बताइरहे पनि नेपालमा समेत नयाँ भेरियन्टका संक्रमित फेला परेका हुन्। 

अहिलेसम्म विश्वभर अहिलेसम्म ५७४ जनामा ओमिक्रोन देखिएको छ। विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमीक्रोनको उच्च जोखिम रहेको उल्लेख छ।


प्रकाशित : सोमबार, मंसिर २० २०७८०७:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend