बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

विगतमा ५० प्रतिशतसम्म लाभांश दिएको महिला लघुवित्तले यो वर्ष लाभांश नदिने

images
शुक्रबार, माघ १९ २०८०
images
विगतमा ५० प्रतिशतसम्म लाभांश दिएको महिला लघुवित्तले यो वर्ष लाभांश नदिने

दोस्रो बजारमा बिहीबार कम्पनीको सेयर मूल्य १ हजार ७ सय ४९ रुपैयाँमा कारोबार भएको थियो।

images
images

काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई रित्तोहात बनाउने भएको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ।

images
images
images

माघ १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत असार मसान्तसम्मको वितरणयोग्य मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

images
images

दोस्रो बजारमा बिहीबार कम्पनीको सेयर मूल्य १ हजार ७ सय ४९ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीले विगतमा आकर्षक लाभांश दिएपनि यो वर्ष नदिने निर्णयले सेयर मूल्यमा झनै असर गर्न सक्ने देखिन्छ।

images
images

लघुवित्तको पछिल्लो एक वर्षमा सेयर मूल्य ५६ प्रतिशतले घटिसकेको छ। पछिल्लो दुई वर्ष लघुवित्तले ५० प्रतिशत भन्दा बढीका दरले लाभांश दिँदै आएको थियो।


प्रकाशित : शुक्रबार, माघ १९ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend