शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

यती एयरले थप्यो दुई जहाज

बिहीबार , माघ १८ २०८०
यती एयरले थप्यो दुई जहाज

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याएसँगै यती एयरले दुईवटा 'एटीआर ७२' जहाज थपेको छ।  

दुईजहाज थपेसँगै यतीसँग अब सातवटा जहाज भएको छ। यती एयरले केही महिनाअगाडि मात्रै एसियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताको रुपमा भित्र्याएको थियो।

थप गरेको यो विमान बिहिबार साँझ ५ बजेर २० मिनेटमा र ५ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो।

यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशको नोभा एयरबाट खरिद गरी ल्याएको हो। थप गरिएको वायुयानले नेपाली रजिष्ट्रेसन ९ एन- एओएफ र ९ एन-एओएच पाएको छ।

खरिद गरिएका विमानहरू यतीका क्याप्टेनहरूले नै बंगलादेशको ढाकाबाट उडान गरी नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

उनले कम्पनीले थप गरेको जहाजले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने निति लिएको र आवश्यक कागजी प्रक्रिया पूरा गरी एक सातापछि उडान सेवा दिने बताए।

yeti air.jpg

यती एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाकाले आन्तरिक हवाई सेवालाई अझै सहज तथा सुलभ बनाउन थप जहाज भित्र्याउने निति लिएको र जहाज थप गरेसँगै यात्रुहरूलाई तोकिएको समयमै उडान गर्न कम्पनी प्रतिबद्ध रहेको बताएका छन्।

सन् २०२४ भित्रै थप तीनवटा जहाज ल्याइ १० वटा पुर्‍याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने उनको भनाइ छ। 

कम्पनीले यसै वर्षभित्र सर्वसाधरणको लागि आईपीओ जारी गर्ने लक्ष्य लिएको छ।

हाल यतीले नेपालको सुगम गन्तव्यहरू काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगनञ्जलगायत पर्वतीय उडानहरू गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन-सेड्युल उडान गरी हवाईसेवा प्रदान गर्दै आएको छ।


प्रकाशित : बिहीबार , माघ १८ २०८०१८:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend