आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

अरुण चौधरीलाई पक्राउ गरेकोमा उद्योग वाणिज्य महासंघको आपत्ति

images
बिहीबार , माघ १८ २०८०
images
अरुण चौधरीलाई पक्राउ गरेकोमा उद्योग वाणिज्य महासंघको आपत्ति

व्यवसायी अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको थियो। बाँसबारी छाला जुत्त उद्योगको जग्गा दुरुपयोग प्रक्रणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो।

images
images

काठमाडौं- उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेको विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ। 

images
images
images

व्यवसायीमाथिको धरपकड एवं पक्राउबारे महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भैरहेको धरपकड सुखद नभएको बताएको छ। 

images
images

‘बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ। महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ। पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको छ। महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

images
images

महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गैरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने तर्फ महासंघ सरकार एवं सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। 

व्यवसायी अरुण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आजमात्र पक्राउ गरेको थियो। बाँसबारी छाला जुत्त उद्योगको जग्गाको दुरुपयोग प्रक्रणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले चौधरीसँगै कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई  पक्राउ गरेको छ।  बाँसबारीको स्वामित्वमा रहेको जग्गा चाँदबाग स्कुलको नाममा ल्याउँदा विधि मिचिएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। यही क्रममा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

चौधरीलाई थुनामा राख्नका लागि प्रहरीले आजै अदालतबाट चार दिने म्याद लिएको छ। 


प्रकाशित : बिहीबार , माघ १८ २०८०१८:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend