शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवामा सुधार

images
बिहीबार , माघ १८ २०८०
images
सुदूरपश्चिम र लुम्बिनीमा एनसेलको फोरजी सेवामा सुधार

हाल एनसेलले यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ। यो कुल जनसंख्याको ९२.०९ प्रतिशतमाझ पुगिसकेको एनसेलले जनाएको छ।

images
images

काठमाडौं- एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका स्थानीयस्तर र क्षेत्रमा आफ्नो फोरजी सेवाको थप सुधार गरेको छ। यससँगै यी प्रदेशका डेढदर्जन बढी क्षेत्रका ग्राहकहरुले अब सुधारिएको फोरजी सेवामा पहुँच पाएका छन्। 

images
images
images

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले यी स्थानहरुका फोरजी सेवामा थप सुधार गरेको हो। देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ। 

images
images

हाल फोरजी सेवा सुधार गरिएका स्थानीयस्तर तथा क्षेत्रहरुमा सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहा रहेको छन्। त्यसैगरी लुम्बिनी प्रदेशका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिदार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुर रहेका छन्। 

images
images

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ १८, २०७४ मा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरु गरेको थियो।

हाल एनसेलले यो सेवा ७७ वटै जिल्लामा विस्तार गरिसकेको छ। यो सेवा कुल जनसंख्याको ९२.०९ प्रतिशतमाझ पुगिसकेको एनसेलले जनाएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरूको सङ्ख्या असोजसम्ममा ६८ लाख ८५ हजार रहेको छ र भिजिटर लोकेसन रजिस्टर (भीएलआर) तथ्यांकको आधारमा एनसेलको बजार हिस्सा ५४.०६ प्रतिशत रहेको छ।

सेवामा विस्तार साथै कम्पनीले विभिन्न जिल्लाका टावरमा फोरजी क्षमताको स्तरोन्नति पनि गर्दै आएको छ।


प्रकाशित : बिहीबार , माघ १८ २०८०१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend