आइतबार, जेठ ६ गते २०८१    
images
images

एक महिनामै भित्रिए ७९ हजार पर्यटक

images
बिहीबार , माघ १८ २०८०
images
images
एक महिनामै भित्रिए ७९ हजार पर्यटक

यस्तै दोस्रोमा चीनबाट ७ हजार २ सय ६७ पर्यटक आउँदा यूएसएबाट ७ हजार ४७ पर्यटक आएका छन्।

images
images

काठमाडौं- सन् २०२४ को जनवरीमा ७९ हजार एकसय पर्यटक नेपाल भित्रिएका छन्। एक महिनाको अवधिमा सबैभन्दा धेरै भारतबाट २४ हजार एकसय ३९ जना पर्यटक आएका छन्।

images
images
images

यस्तै दोस्रोमा चीनबाट ७ हजार २ सय ६७ पर्यटक आउँदा यूएसएबाट ७ हजार ४७ पर्यटक आएका छन्। 

images

एक महिनामा थाइल्यान्डबाट मात्रै चार हजार ६ सय १९ पर्यटक नेपाल घुम्न आएका छन् भने दक्षिण कोरियाबाट तीन हजार ८ सय १२, बंगलादेशबाट तीन हजार ६ सय २९, अष्ट्रेलियाबाट तीन हजार ४ सय २१, यूकेबाट तीन हजार २ सय ७६, भुटानबाट दुई हजार २ सय २९ र जापानबाट एक हजार पाँचसय ६८ पर्यटक आएका छन्।

images
images

सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। २०२३ को डिसेम्बरमा मात्रै ९६ हजार ५ सय ६६ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए भने सो वर्षको जनवरीमा ५५ हजार ७४ पर्यटक आएका थिए।

images
images


प्रकाशित : बिहीबार , माघ १८ २०८००२:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend