आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पीपीपी मोडलमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अध्ययन समिति गठन

नेपाल एयरलाइन्समा व्यवस्थापन करारका लागि पनि समिति गठन

images
बिहीबार , माघ १८ २०८०
images
पीपीपी मोडलमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि अध्ययन समिति गठन

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तमा विमानस्थल व्यवस्थापनको करार दिने बारेमा अध्ययन गर्न समिति गठन गरिएको हो। यो अनुसार जुन कम्पनीले तीनवटा विमानस्थलको व्यवस्थापनको जिम्मा लिन्छ उसैले निजगढमा विमानस्थल निर्माण पनि गर्नुपर्ने छ।

images
images

काठमाडौं- सरकारले तीनवटै अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा सञ्चालनका लागि अध्ययन गर्न अध्ययन समिति बनाउने निर्णय गरेको छ।

images
images
images

आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा विमानस्थललाई पीपीपी अवधारणामा सञ्चालनका बारेमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन दिन कार्यादेश दिएको छ। 

images
images

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्तमा विमानस्थल व्यवस्थापनको करार दिने बारेमा अध्ययन गर्न समिति गठन गरिएको हो। यो अनुसार जुन कम्पनीले तीनवटा विमानस्थलको व्यवस्थापनको जिम्मा लिन्छ उसैले निजगढमा विमानस्थल निर्माण पनि गर्नुपर्ने छ।

images
images

पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरिएको हो।

त्यस्तै वायुसेवा निगम करार व्यवस्थापनका लागि योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा टीकाराम राई, पर्यटन विभागका महानिर्देशक अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी ५ जनाको समिति गठन गरिएको छ।


प्रकाशित : बिहीबार , माघ १८ २०८०१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend