सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार , माघ १८ २०८०
तोलामा पाँचसय रूपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

बिहीबार सुनको मूल्य प्रतितोला पाँचसय रूपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।

काठमाडौं- यो साता लगातार चौथो दिन पनि सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेर त्यसयता निरन्तर बढेको सुनको मूल्य बिहीबार पनि प्रतितोला पाँचसय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार दुईसय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय ५० रूपैयाँ कायम छ। 

बुधबार स्थिर रहेको चाँदीको मूल्य भने बिहीबार तोलामा १० रूपैयाँले घटेको छ। चाँदी आज प्रतितोला एक हजार चारसय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


प्रकाशित : बिहीबार , माघ १८ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend