आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

जुम्लामा हिमपात, किसानलाई राहत

images
बिहीबार , माघ १८ २०८०
images
जुम्लामा हिमपात, किसानलाई राहत

यसवर्ष हिउँदमा जुम्लामा ढिलोगरी हिउँ परेको हो। जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत मिलेको छ।

images
images

जुम्ला- जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुका खलंगासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।

images
images
images

ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकासे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएको जिल्लाको तिला गाउँपालिमा-१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन्।

images
images

यसवर्षको हिउँदेयामको पहिलो हिमपात हो। अहिले हिमपात भइरहेको छ। माघको महिना लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए। जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ।

images
images

स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिउँले सहज हुने कृषि उद्यमी गोपाल रोकायाको भनाइ छ। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ। रासस


प्रकाशित : बिहीबार , माघ १८ २०८०१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend