आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

खाना पकाउने ग्याससहित इन्धनको मूल्य बढ्याे, कुनमा कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १७ २०८०
images
खाना पकाउने ग्याससहित इन्धनको मूल्य बढ्याे, कुनमा कति?
images
images

काठमाडौं- नेपाल आयल निगमले एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

images
images
images

आज राति १२ बजेदेखि लागु हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो। जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको ह‌ो।

images
images

निगमले एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १५ रुपैयाँले बढाएको छ। अब ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ पुगेको छ।

images
images

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६९ र डिजेलको मूल्य १ सय ५७ रुपैयाँ कायम भएको छ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० र डिजेलको मूल्य १ सय ५८ रुपैयाँ कायम भएको छ।


प्रकाशित : बुधबार, माघ १७ २०८०२१:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend