सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

वानप्लसले नेपाल भित्र्यायो तीन नयाँ मोडल

बुधबार, माघ १७ २०८०
वानप्लसले नेपाल भित्र्यायो तीन नयाँ मोडल

बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो। २६ हजार नौ सय ९९ बजार मूल्य रहेको यो फोनमा अत्याधुनिक प्रविधि जडान गरिएको छ। स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्री जडान गरिएको छ।

काठमाडौं- वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ। 

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन्।

नेपालमा पहिलोपटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको छ। यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ।

यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रोम र ५१२ जीबी र्‍यामको सुविधा राखिएको छ। ५४०० एमएचक्षमताको ब्याट्रि भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायम गरिएको नेपाल वितरकले जनाएको छ। 

यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ। टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १.५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ। ५५०० एमएएचको ब्याट्री क्षमता रहेको यो फोनको आठौँ जेनेरेसन २ स्न्यापड्रागन प्रोसेसर जडान गरिएको छ। 

बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो। २६ हजार नौ सय ९९ बजार मूल्य रहेको यो फोनमा अत्याधुनिक प्रविधि जडान गरिएको छ। स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्री जडान गरिएको छ।


प्रकाशित : बुधबार, माघ १७ २०८०१७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend