आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

जापानलाई उछिनेर चीन बन्यो संसारकै ठूलो सवारीसाधन निर्यातकर्ता

images
बुधबार, माघ १७ २०८०
images
जापानलाई उछिनेर चीन बन्यो संसारकै ठूलो सवारीसाधन निर्यातकर्ता

यसअघि रसियन बजारमा जमेर बसेका अरु ब्रान्डले ठाउँ छाड्दा त्यसको फाइदा चिनियाँ उत्पादनले पाएको हो।

images
images

काठमाडौं-  सन् २०२३ मा चीन संसारकै सबैभन्दा ठूलो अटो निर्यात गर्ने देश बनेको छ। वर्षौँदेखिको जापाको दबादबालाई पन्छाउँदै चीन संसारमा सबैभन्दा धेरै सवारीसाधन निर्यात गर्ने देश बन्न सफल भएको छ। 

images
images
images

चीनबाट सन् २०२३ मा ५२ लाख २१ हजार सवारीसाधन निर्यात भएका थिए। यो सन् २०२२ को तुलनामा ५६ प्रतिशत धेरै हो। प्यासेन्जर कार, ट्रक, बसलगातका सबै जोडेर यो निर्यात भएको हो। 

images
images

चीनले यो सबै निर्यातबाट १०२ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो। यसअघि कार निर्यातमा लिडर रहेको जापानले भने सन् २०२३ मा जम्मा ३९ लाख ७८ वटामात्र निर्यात गरेको थियो। 

images
images

चिनियाँ निर्यातमा उछाल आउनुको मुख्य कारण भनेको विद्युतीय सवारीसाधनको विश्व बजारमा माग बढ्नु हो। चिनियाँ कम्पनी बीवाईडीलगायतका उत्पादकका साधनले विश्वका विभिन्न बजारमा उपस्थिति बढाउँदै गएका छन्।

चिनियाँ अटो निर्यातमा उछालको मुख्य पक्ष भनेको रसियन बजार हो। युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्ध खेप्दै आएको रुसमा चिनियाँ सवारीसाधनले बजार राम्रोसँग पाएका छन्।

सन् २०२३ को ११ महिनामै रसियामा चीनबाट ८ लाख ४० हजार वटा सवारीसाधन निर्यात भएका थिए। यो करिब ६ गुणा धेरै हो। 

यसअघि रसियन बजारमा जमेर बसेका अरु ब्रान्डले ठाउँ छाड्दा त्यसको फाइदा चिनियाँ उत्पादनले पाएको हो। 


प्रकाशित : बुधबार, माघ १७ २०८०१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend