सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

बुधबार, माघ १७ २०८०
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

बुधबार पनि चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा कारोबार भइरहेको छ भने सुनको मूल्य आज प्रतितोला एकसय रूपैयाँले बढेको छ।

काठमाडौं- बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर छ। 

बुधबार तोलामा एकसय रूपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ७ सय रूपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार एकसय ५० रूपैयाँ कायम छ।

यो साता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार र मंगलबार तीन/तीन सय रूपैयाँले बढेको थियो।

चाँदी आज प्रतितोला एक हजार चारसय ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रकाशित : बुधबार, माघ १७ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend