शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

नाडा अध्यक्षका लागि चौधरी र थापाको उम्मेद्‍वारी दर्ता, सदस्यमा ३४ जना भिड्दै

आइतबार, मंसिर १९ २०७८
नाडा अध्यक्षका लागि चौधरी र थापाको उम्मेद्‍वारी दर्ता, सदस्यमा ३४ जना भिड्दै

नाडा कार्यसमितिका लागि १७ जना कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औं साधारण सभाबाट नयाँ नेतृत्वका लागि करण चौधरी र ध्रुवबहादुर थापाले उम्मेद्‍वारी दर्ता गराएका हुन्। आइतबारका लागि तय भएको मनोनयन दर्तामा अध्यक्षका लागि दुई जनाको उम्मेद्‍वारी परेको निर्वाचन समितिले जनाएको छ।  

मंसिर २२ र २३ का लागि तय भएको निर्वाचनका लागि सदस्य पदमा ३४ जनाले उम्मेद्‍वारी दिएका छन्। नाडा कार्यसमितिका लागि १७ जना कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ। २२ गते बन्दसत्र हुने छ भने २३ गते निर्वाचनको मिति तय भएको छ। 

नाडामा यो पटक स्पष्ट दुई प्यानल भएर चुनाव हुँदैछ। सदस्यमा मनोनयन दर्ता गराउनेहरुमा मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्कराज ओझा, गणेशप्रसाद भट्टराई, सुदेशकुमार श्रेष्ठ, भद्र भण्डारी, आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपककुमार अग्रवाल, कपिल शिवाकोटी छन्। 

त्यसैगरि शुभाषिश थपलिया, प्रदीपमान प्रधान, दिपककुमार आचार्य, संजयकुमार खेतान, यमुना श्रेष्ठ, अमरज्योति रञ्जित, भवनाथ पाठक, दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेलले पनि समस्य पदमा उम्मेद्‍वारी दिएका छन्। 

नवराज भुषल, रिद्दि कार्की, प्रकाश सिग्देल, सगुनविरसिं कंसाकार, राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती र अनुपकुमार बरालले सदस्य पदका लागि उम्मेद्‍वारी दर्ता गराएका हुन्।

त्यसैगरि सदस्य पदकै लागि बिक्रम सिंघानिया, निलमण पाठक, प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योति, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारीले उम्मेद्‍वारी दिएका हुन्। 

दुई प्यानल बनाएर चुनावमा होमिएका अटोमोबाइल व्यवसायीहरु चुनावी रस्साकस्सीमा लागेका छन्। 


प्रकाशित : आइतबार, मंसिर १९ २०७८११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend