आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, अख्तियारले भन्यो - चार करोड सम्पत्तिको स्रोत खुलेन

images
मंगलबार, माघ १६ २०८०
images
शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, अख्तियारले भन्यो - चार करोड सम्पत्तिको स्रोत खुलेन

स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइ हाल कायम रहेको सम्पत्तिसमेतबाट बिगो र जरिबाना जफतको मागदाबी लिइएको छ।

images
images

काठमाडौं- भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत (आठौँ) मिनबहादुर भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

images
images
images

सेवा २०५४ सालमा सेवा सुरु गरेदेखि २०७९ सम्मको अवधिको उनको आयव्ययको अनुसन्धान गर्दा कुल आम्दानी तथा सम्पत्तिमा ४ करोड ४० लाख १५ हजार ९ सय २५ रूपैयाँको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

images
images

सेवा अवधिभरमा उनको पारिश्रमिक आय, अंशवण्डामा लिएको नगद, जग्गा तथा सेयर बिक्री भत्तालगायत गरी वैध आय पाँच करोड ९४ लाख ६७ हजार एक सय ४८ रूपैयाँ हुन आउनेमा उनको खर्च तथा लगानी हेर्दा १० करोड २३ लाख ९२ हजार २ सय ८८ रूपैयाँ देखिएको र आयबाट व्यय घटाउँदा ४ करोड २९ लाख भए पनि सो अवधिमा स्रोत नखुलेका अवधिका विभिन्न कटअफ मितिका खर्च तथा लगानी ४ करोड ४० लाखभन्दा बढी अख्तियारको अनुसन्धानमा देखिएको छ।

images
images

४ करोड ४० लाख १५ हजार रूपैयाँको वैधानिक स्रोत नखुलेको तथा गैरकानूनी सम्पत्ति आर्जन गरेको पाइएको भन्दै अख्तियारले सोही रकम बराबरको बिगो जफत र जरिबाना मागदाबी गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन्।

उक्त अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाइ हाल कायम रहेको सम्पत्तिसमेतबाट बिगो र जरिबाना जफतको मागदाबी लिइएको छ।

यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्यगरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा जग्गा खरिद, सेयर खरिद, तथा बैंक खातामा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको श्रोत नखुलेको सम्पत्ति बिगो जफत गर्नुपर्ने अख्तियारले जनाएको छ। 


प्रकाशित : मंगलबार, माघ १६ २०८०१८:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend