शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बिजनेस भेन्चर मिडिया सामाजिक सुरक्षा कोषमा आबद्ध

images
मंगलबार, माघ १६ २०८०
images
बिजनेस भेन्चर मिडिया सामाजिक सुरक्षा कोषमा आबद्ध

कोषमा आबद्ध कर्मचारीले अब कोषले तोकेको सीमा पूरा भएपछि कोषबाट पाउने सबै प्रकारका सेवा सुविधा पाउने छन्।

images
images

काठमाडौं- बिजनेस भेन्चर मिडिया प्रालि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ। 

images
images
images

बिजनेस भेन्चर मिडिया प्रालिद्वारा सञ्चालनमा रहेको बिजनेस न्युज डटकममा कार्यरत कर्मचारीहरूको हितलाई ध्यानमा राख्दै सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको हो। प्रालिमा कार्यरत सबै कर्मचारीलाई २०८० माघ महिनादेखि कोषमा सूचीकृत गराइएको छ। 

images
images

कोषमा आबद्ध कर्मचारीले अब कोषले तोकेको सीमा पूरा भएपछि कोषबाट पाउने सबै प्रकारका सेवा सुविधा पाउने छन्। 

images
images

अहिलेसम्म सामाजिक सुरक्षा कोषमा १८ हजार ६ सय ३४ रोजगारदाता सूचीकृत भइसकेका छन्। यसमा सूचीकृत योगदानकर्ताको संख्या १० लाख ९२ हजार ५ सय ५८ जना रहेको छ।  

सामाजिक सुरक्षा कोष योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ औपचारिक क्षेत्रका निजी संगठित संस्थामा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा योजना, वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाहरू सञ्चालन गर्दै आएको छ। 

 


प्रकाशित : मंगलबार, माघ १६ २०८०१४:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend