शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

मंगलबार पनि बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

images
मंगलबार, माघ १६ २०८०
images
मंगलबार पनि बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेको छ भने सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले बढेको छ।

images
images

काठमाडौं- मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यो साता आइतबार स्थिर रहेर सोमबार तोलामा तीनसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला तीनसय रूपैयाँले वृद्धि भएको हो।

images
images
images

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँ कायम छ।

images
images

चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चारसय २० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : मंगलबार, माघ १६ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend