सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मंगलबार पनि बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

मंगलबार, माघ १६ २०८०
मंगलबार पनि बढ्यो सुनचाँदीको मूल्य, कति छ तोलाको?

चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेको छ भने सुनको मूल्य प्रतितोला तीनसय रूपैयाँले बढेको छ।

काठमाडौं- मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यो साता आइतबार स्थिर रहेर सोमबार तोलामा तीनसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार पनि प्रतितोला तीनसय रूपैयाँले वृद्धि भएको हो।

मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ६ सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँ कायम छ।

चाँदीको मूल्य आज प्रतितोला १५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार चारसय २० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, माघ १६ २०८०११:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend