शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग बिच्किए पर्यटनमन्त्री किराती, भन्छन् - परिणाम दिन नसक्नेलाई किन राख्ने?

सोमबार, माघ १५ २०८०
निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग बिच्किए पर्यटनमन्त्री किराती, भन्छन् - परिणाम दिन नसक्नेलाई किन राख्ने?

काठमाडौं- सन् २०१२ बाट ग्राउन्डेड ट्वीनअटर जहान बनाउन नागरिक उड्डयनमन्त्री सुदन किरातीले निर्देशन दिएको करिब ६ महिना भएको छ। कानूनी प्रकृया पूरा भएको दुई महिनामा जहाज बनाइसक्ने भनेर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किरातीलाई आस्वस्त बनाएका थिए। 

मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो।

त्यहीअनुसार मन्त्री किरातीले सञ्चारमाध्यममा हाल सञ्चालनमा रहेको दुई र नयाँ खरिद गरिने तीन जहाजसँगै ग्राउन्डेड जहाज बनाएर ६ वटा जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका थिए। तर ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको दुई महिना बित्न लाग्दासमेत जहाज नबनेपछि सोमबार मन्त्री किराती अनुगमनका लागि जहाज मर्मतस्थलमा पुगेका थिए।

जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाएपछि उनी कडारुपमा प्रस्तुत भएका थिए।

किरातीले भने 'जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन्। मलाई परिणाम चाहियो। जहाज कहिलेसम्म बनि सक्छ? यसको उत्तर चाहियो। पहिला जस्तो ढाँट्न पाइन्न। मलाई परिणाम चाहिएको हो। परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने? मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाईलक्षित गर्दै भने। ‘मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन् र प्रधानमन्त्रीज्यूले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो।'

'तपाईंबाट मैलेजस्तै मबाट प्रधानमन्त्रीज्यूले परिणाम खोज्नु हुन्छ। मैले परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने?' उनले भने। 

बोर्ड बैठकबाट करिब २० करोड रुपैयाँसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय भएको थियो। तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाइ निगम व्यवस्थापनले आलटाल गरिरहेपछि मन्त्री किराती खरो उत्रीएका हुन्।

मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरिक्षणमा आउने र कार्ययोजनाअनुसार काम गरेर प्रगति विवरण आफूलाई पेश गर्न निगमलाई निर्देशन दिएका छन्। 

मन्त्री किरातीले कानूनी बाधा हटाउन आफू तयार रहेको र आफूलाई परिणामसँग मात्र सरोकार रहेकाले जसरी हुन्छ चाँडो जहाज बनाइसक्न निर्देशन दिएका छन्। अन्यथा आफू निर्मम भएर ढिलासुस्ति गर्ने कर्मचारीप्रति कदम चाल्नेसमेत चेतावनी दिएका छन्। 

आफूलेजति कुनै पनि मन्त्रीले निगमको पक्षमा विगतमा खुलेर बचाउमा नलागेको गुनासो गर्दै यतिबेलासमेत निगम सुधार नभए कहिल्यै नहुने उनले बताएका छन्। पछिल्लो समय मन्त्री किरातीले नीतिगत काम र परिणाममुखी काममा ध्यान दिइरहेको सचिवालयले जनाएको छ।


प्रकाशित : सोमबार, माघ १५ २०८०१९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend