सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आईएमई पे 'एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड' बाट सम्मानित

सोमबार, माघ १५ २०८०
आईएमई पे 'एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड' बाट सम्मानित

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूह मध्येबाट आईएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो।

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आईएमई पे प्रतिष्ठित 'एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड' बाट सम्मानित भएको छ।

कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूह मध्येबाट आईएमई पे कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो।

आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नवप्रवर्तन, नेतृत्वदायी जनशक्ति व्यवस्थापन, सहज ग्राहक सेवा, वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धताप्रतिको सम्मानको रुपमा लिएको बताए।

कर्पोरेट क्लब नेपालले स्वतन्त्र निर्णायक मण्डलमार्फत मूल्याकंन गराइ नेपालको कर्पोरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित : सोमबार, माघ १५ २०८०१८:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend