शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपालगञ्जबाट सुरु भयो मानसरोवरको माउन्टेन फ्लाइट

सोमबार, माघ १५ २०८०
नेपालगञ्जबाट सुरु भयो मानसरोवरको माउन्टेन फ्लाइट
फाइल तस्बिर

नेपालको इतिहासमै पहिलोपटक नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ।

काठमाडौं- श्री एयरलाइन्सले नेपालगञ्जबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवरको माउन्टेन फ्लाइट सुरु गरेको छ। नेपालको इतिहासमै पहिलोपटक नेपालगञ्ज विमानस्थलबाट मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ।

नेपालको भू-भागबाट यसरी उडान गरिएको यो पहिलो पटक हो। क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जना समेत उडान गरिएको हो।

नेपालगञ्जबाट नेपाली, भारतीय, विदेशीलगायत तथा धार्मिक पर्यटकहरु आकर्षित गर्न सकिने र आर्थिक गतिविधिमा समेत यो महत्वपूर्ण उपलब्धि हुने श्री एयरको विश्वास छ।

श्री एयरलाइन्स, टेम्पल ट्रीप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगञ्जको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान २७ हजार फिट उचाइबाट गरिएको हो। 

३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गरिने एयरलाइन्सले जनाएको छ।

साथै नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौं ल्याइ पशुपतिसमेत दर्शन गराउने योजना रहेको छ।


प्रकाशित : सोमबार, माघ १५ २०८०१२:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend