शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक

images
आइतबार, माघ १४ २०८०
images
किसानका बगैँचामा पुगेर स्याउ व्यवस्थापनबारे जानकारी दिँदै कृषि प्रविधिक
फाइल तस्बिर

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो। धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग गरेका छैनन्।

images
images

जुम्ला- यहाँका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा बगैँचा व्यवस्थापन गर्नका लागि कृषि विकास कार्यालयका कृषि प्रविधिक बगैँचामा पुगेर किसानलाई जानकारी दिनेदेखि सिकाउनमा लागिपरेका छन्। 

images
images
images

कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा यहाँको तिला गाउँपालिका-१ का स्याउ किसानका बगैँचामा पुगेर बगैँचा काँटछाँट तथा स्याउ व्यवस्थापनबारे जानकारी किसानलाई दिने गरेको कृषि विकास कार्यालयका कृषि प्रविधिक सुस्मा बुढाले जानकारी दिए।

images
images

किसानलाई बगैँचा काँटछाँट तथा उपयुक्त स्याउ व्यवस्थापन गर्न राम्रोसँग जानकारी छैन। कार्यालयले यहाँका सबै स्थानीय तहमा कृषि प्रविधिक खटाएको छ। स्याउ किसानलाई राम्रोसँग बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न सिकाउनेदेखि थप प्रविधिक ज्ञान दिने गरेको कार्यालयका कृषि प्रविधिक बुढाको भनाइ छ।

images
images

यहाँका स्याउ किसान त्यतिबेला स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा व्यस्त हुने गरेको तिला-१ का स्याउ किसान परी रावलले बताए। 'स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन, समयमै स्याउ काँटछाँट गर्न लागिपरेको छु, अहिले कृषि विकास कार्यालयबाटै प्रविधिकले बगैँचामा पुगेर स्याउ काँटछाँट गर्न सिकाउनुभएको छ', स्याउ किसान रावतले भने।

जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो। धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन राम्रोसँग गरेका छैनन्। अहिले कृषि प्रविधिकबाट बगैँचा काँटछाँट तथा व्यवस्थापन गर्न किसानलाई थप प्रविधिक ज्ञानबारे जानकारी दिएकाले सहज भएको स्याउ रावतको भनाइ छ।

स्याउका बिरुवा लगाउँदा कृषि प्राविधिकको सल्लाहअनुसार रोप्दा र समयमै बगैँचा व्यस्थापन गरे गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। जिल्ला कृषि विकास कार्यालयले कार्य क्षेत्रभित्रका अधिकांश किसानका बगैँचामै स्याउ बगैँचाको व्यवस्थापन गर्न सिकाउन थालिएको छ।

कार्यालयको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार स्याउ बगैँचा व्यवस्थापनअन्तर्गत किसानलाई चुना र निलोथुतो पनि वितरण गरिएको कृषि विकास कार्यालयका कृषि प्रविधिक बताउँछन्। जिल्लामा चार हजार दुई सय हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामध्ये करिब एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र स्याउले फल दिने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइले जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ १४ २०८०१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend