शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लागुऔषध मुद्दाका थुनुवा भगाउन प्रहरीले गरे एक करोडको डिल, ६ लाख बुझेर भगाए

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १४ २०८०
images
लागुऔषध मुद्दाका थुनुवा भगाउन प्रहरीले गरे एक करोडको डिल, ६ लाख बुझेर भगाए

थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएका उनले थुनुवालाई कालिमाटी-कलंकी-बुटवल हुँदै भारतको रक्सौल पुर्‍याएका थिए।

images
images

काठमाडौं- लागुऔषध मुद्दाका एक थुनुवालाई भगाउन एक प्रहरीले एक करोड रुपैयाँबाट डिल गरी ६ लाख २५ हजार रुपैयाँ बुझेको पाइएको छ। थुनुवालाई भगाएर १६ वर्षपछि पक्राउ परेका तत्कालीन प्रहरीले एक करोड मागेको र कुराकानी गर्दा १० लाखमा डिल भएको भए पनि ६ लाख २५ हजार रुपैयाँ लिएर थुनावालाई भगाएको खुलेको हो।

images
images
images

घटना २०६४ साल जेठको हो। नयाँ बानेश्वरबाट पक्राउ भई लागुऔषध खैरो हेरोइन मुद्दाको अनुसन्धानका क्रममा काठमाडौं प्रहरीको हिरासत कक्षमा रहेका भारतका असरफ आलमलाई सोही साल जेठ ९ गते राति प्रहरी जवान वीरबल राय यादवले भगाएका थिए  

images
images

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले उक्त घटनामा संलग्न रौतहटको पथरावुधराम घर भइ काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत तत्कालीन प्रहरी जवान वीरबल राय यादव त्यसपछि फरार थिए।

images
images

उनलाई कार्यालयको विशेष अनुसन्धान टोलीले बिहीबार जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा नेपाल-भारत सिमानाको काकडभिट्टाबाट पक्राउ गरी काठमाडौं ल्याएर अनुसन्धान थालिएको छ। 

अनुसन्धानका क्रममा ती प्रहरीले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखतसमेत गरी इन्सपेक्टर सापले बोलाउनुभएको छ भनी थुनुवालाई हिरासत कक्षबाट हतकडीसहित बाहिर निकालेर भगाएको र त्यसपछि आफू फरार भएका रेग्मीले बताए। उनले प्रतिवादीलाई हिरासतबाट निकाली कालिमाटी-कलंकी-बुटवल हुँदै भारतको रक्सौल पुर्‍याएका थिए।

प्राप्त रकमले भारतको कोलकातामा दुईवटा ट्याक्सी खरिद गरी चलाउँदै आएकामा अहिले उनीसँग नौवटा ट्याक्सी रहेको खुलेको छ। उनले भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्ससमेत बनाएको भन्ने खुल्न आएको जनाइएको छ। उनी हाल भारतको कोलकातामा श्रीमतीसहित बसोबास गर्दै आएको पनि खुलेको छ।

उनलाई मुलुकी अपराध संहिता २०७४ अनुसार कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। परिसरले आवश्यक अनुसन्धान थालेको जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ १४ २०८०१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend