शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

आइतबार, मंसिर १९ २०७८
राजेन्द्र लिङ्देन राप्रपा अध्यक्षमा निर्वाचित

काठमाडौं- कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए। अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्‍वीट गर्दै अध्यक्षमा लिङ्देनले जितेकोमा बधाई पनि दिएका छन्। थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको हस्तक्षेप भएको आरोप लगाएका छन्।

२०२२ साल भदौ २२ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका राजेन्द्र लिङ्देन झापाका स्थायी बासिन्दा हुन्।

उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित हुँदै आएका थिए। उनै लिङ्देनले कांग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गर्दै २०७४ को प्रतिनिधिसभामा विजयी भएका थिए।

 


प्रकाशित : आइतबार, मंसिर १९ २०७८०६:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend