आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

रुकुमपश्चिममा १८ हजार अस्थायी आवास निर्माण, २७ हजार लाभग्राहीलाई ७६ करोड भुक्तानी

images
शनिबार, माघ १३ २०८०
images
रुकुमपश्चिममा १८ हजार अस्थायी आवास निर्माण, २७ हजार लाभग्राहीलाई ७६ करोड भुक्तानी

जिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ।

images
images

रुकुम- रुकुमपश्चिममा १८ हजार आठ सय ६६ अस्थायी आवास निर्माण गरिएका छन्। छ हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा छन्। जिल्लाभर ७६ करोड ५९ लाख रूपैयाँ लाभग्राहीलाई भुक्तानी दिइएको छ। करिब २७ हजार ३६ लाभग्राहीले रकम प्राप्त गरेका छन्।

images
images
images

चौरजहारी नगरपालिकामा तीन हजार नौ सय १५, आठबिसकोट नगरपालिकामा पाँच हजार सात सय ८५, मुसिकोट नगरपालिकामा चार सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार दुई सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार चार सय ७५ र बाँफीकोट गाउँपालिकामा पाँच सय ७३ अस्थायी आवास निर्माण गरिएका छन्।

images
images

त्यस्तै चौरजहारी नगरपालिकाका छ हजार दुई सय ५४, आठबिसकोट नगरपालिकाका नौ हजार छ सय ६७, मुसिकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार छ सय २४, त्रिवेणी गाउँपालिकाका दुई हजार सात सय ५२ र बाँफीकोट गाउँपालिकाका एक हजार छ सय ९९ लाभग्राहीले पहिलो किस्ताको रकम पाएका छन्।

images
images

त्यस्तै चौरजहारी नगरपालिकामा १५ करोड ६३ लाख ५० हजार, आठबिसकोट नगरपालिकामा २४ करोड १६ लाख ७५ हजार, मुसिकोट नगरपालिकामा दुई करोड ६० लाख, सानीभेरी गाउँपालिकामा १४ करोड छ लाख, त्रिवेणी गाउँपालिकामा छ करोड ८८ लाख र बाँफीकोट गाउँपालिका चार करोड २४ लाख ७५ हजार रूपैयाँ रकम लाभग्राहीको खातामा भुक्तानी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिए।

जिल्लाभर २९ हजार चार सय छ लाभग्राही रहेकामा २७ हजार ३६ लाभग्राहीको खातामा मात्र अस्थायी आवासका लागि पहिलो किस्ताको रकम भुक्तानी गरिएको छ। रासस


प्रकाशित : शनिबार, माघ १३ २०८०१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend