आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

पशुपतिनगर भन्सारले ६ महिनामा उठायो एक करोड ३४ लाख राजस्व

images
शनिबार, माघ १३ २०८०
images
पशुपतिनगर भन्सारले ६ महिनामा उठायो एक करोड ३४ लाख राजस्व

आव २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा कम संकलन भएको छ।

images
images

इलाम- इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो। आव २०८०/८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएको थियो। 

images
images
images

यसैगरी आव २०७७/७८ मा एक करोड ८९ लाख ९९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले एक करोड दुई हजार रूपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए। यस्तै आव २०७८/७९ मा दुई करोड ५३ लाख ४० हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८७ लाख ३८ हजार रूपैयाँ संकलन भएको थियो। 

images
images

कार्यालय प्रमुख सुब्बाका अनुसार आव २०७९/८० मा दुई करोड ५० लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा दुई करोड ७१ लाख ८२ हजार रूपैयाँ संकलन गरिएको थियो। अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व संकलन भएको हो। पशुपतिनगर भन्सारअन्तर्गत आठ छोटी भन्सार कार्यालय रहे पनि ती सबै बन्द छन्। 

images
images

'हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू, चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको छ', उनले भने। 

नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या भएको कार्यालय प्रमुख सुब्बाले बताए। खुला सीमानाका भएका कारण चोरी पैठारी रोक्न कठिनाइ भएको उहाँको भनाइ छ। रासस


प्रकाशित : शनिबार, माघ १३ २०८०१०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend